images
images

राष्ट्रपति पौडेलबाट संघीय संसद्को बैठक आह्वान

  • ३ बैशाख २०८२, बुधबार १३:३२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपति पौडेलले अधिवेशन  आह्वान गर्नुभएको छ । यो अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नेछ।

संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि राष्ट्रपति पौडेलले अधिवेशन बोलाइएको  हो ।