images
images

अवैध रुपमा कम्बोडिया नजान आग्रह, ४६ नेपालीलाई फर्काइयो

  • ३ बैशाख २०८३, बिहीबार ११:५०

भक्तपुर । अवैध रुपमा कम्बोडिया पुगेका नेपालीहरुलाई धमाधम नेपाल फर्काउन थालिएको छ ।

पछिल्लो पटक अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरिएको हो । थाइल्याण्डस्थित नेपाली राजदूतावासले चैत ३०  र वैशाख १ मा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको छ ।

प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिना भिसा बसिरहेका नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ ।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ । अवैध रुपमा कम्बोडिया जाने क्रम पछिल्लो समय बढ्न थालेको छ । अवैध रुपमा कम्बोडिया नजान आग्रह गरिए पनि यो क्रम रोकिएको छैन ।