images
images

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल चयन

  • ३ बैशाख २०८३, बिहीबार १३:४७

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ ।

संसदीय दलको आज बसेको  पार्टीको बैठकले सो निर्णय गरेको हो । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ भने सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।  रास्वपा संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरू पनि टुंगो लगाउँदैछ ।