images
images

सौतेनी आमाको हत्या गर्न छोराले नै योजना बनाएको खुलासा, पाँच जनाको संलग्नता पुष्टि

  • ३ बैशाख २०८३, बिहीबार १५:२२

भक्तपुर । पोखरामा गत चैत २५ गते खुँडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या योजना उनकै सौतेनी छोराले बुनेको खुलासा भएको छ ।

खुँडा प्रहार गर्ने सिर्जनाकै भान्जा सन्तोष भनिने शिशिर केसी र उनका सहयोगी कुशल परियारले मिलेर हत्या गरेको भएपनि हत्याको योजनाकार सौतेनी छोरा गौरवले बनेको खुल्न आएको हो ।

पाँच जनाको संलग्नता

घटनामा पाँच जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।गौरव, शिशिर, कुशल, सिर्जनाका भान्जा वसन्त केसी र छोरीज्वाई नवराज पौडेल क्षेत्री गरी पाँच जनाको योजनामा सिर्जनाको हत्या भएको प्रहरीको निश्कर्ष छ ।

गौरव ६ महिना पहिल्यै लागुऔषध मुद्धामा कारागारमा थिए । सिर्जनाका सौतेनी छोरा गौरवले नै आफुलाई ट्यापे भन्ने सौतेनी आमालाई सिध्याउन भन्दै शिशिरलाई आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

कारगारमै गएर भेटे

पोखराको मुख्य बजार क्षेत्रमै भएको घटनाको सूक्ष्म अनुसन्धान गरेको प्रहरीले अन्ततः सिर्जनाको हत्या जिल्ला कारागार कास्कीमा रहेका छोरा गौरवकै योजनामा भएको निष्कर्ष निकालेको हो ।

सिर्जनालाई खुँडा प्रहार गर्ने भान्जा वसन्तले गौरवलाई कारगारमै गएर भेटेको प्रहरी अनुसनधानबाट खुलेको छ । उनी पनि लागुऔषध मुद्धामा कारागार बसेर छुटेका व्यक्ति हुन् । गौरव र बसन्त मामा फुपुका छोरा हुन् ।

पटक–पटक छलफल 

उनीहरुविच हत्या योजना बुन्ने विषयमा पटक–पटक कारागार भित्रै छलफल भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार गौरवलाई कारागारबाट ल्याएर थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट बुधबार नै अनुमति लिइएको छ ।