भक्तपुर । नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दीपेन्द्र थापा, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ र नवलपरासी पूर्व देवचुली नगरपालिका–१५ का २८ वर्षीय सुजन खनाल भनिने मुक्तिप्रसाद खनाल रहेका छन् ।
हजार दरका २१ थान नक्कली नोट बरामद
उनीहरु रुपन्देहीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली नोटको अवैध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक हजार दरका २१ थान नेपाली नक्कली नोट बरामद गरिएको डिएसपी चन्दले जानकारी दिए। पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान जारी भईरहेको प्रहरीले जनाएको छ ।



हाम्रो अपडेट 






