
जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।
जिरी नगरपालिका ६ मा एकीकृत समाजवादीका मरिज बहादुर खड्काको प्यानलले जित हात पारेको छ । खड्का प्रतिद्धन्दी एमालेका टपिन्द्र खड्कालाई २ सय १३ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हात पारेको हो । उनले ५ सय ६९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार खड्काले ३ सय ५६ मत मात्रै पाएका छन् ।