images
images

कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ मा माओवादीको प्यानल विजयी

  • २ जेष्ठ २०७९, सोमबार ०६:१४

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्र प्यालन सहित विजयी भएको छ ।

वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दल बहादुर तमाङ निर्वाचित भएका छन् । तमाङले ४ सय ४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका अमृत बानियाले ३ सय ३७ मत प्राप्त गरेका छन् । तमाङले बानियालाई १ सय ८ मतान्तरले पराजित गरेका हुन् । वडामा माओवादी केन्द्रको तर्फबाट महिला सदस्यमा सुनिता कार्की, दलित सस्यमा गोपिनी दर्जी र खुल्ला सदस्य देवि बहादुर खत्री र पृथ्वी प्रसाद शिवाकोटी विजयी भएका छन् ।