
जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमालेका बसन्त लामा निर्वाचित भएका छन् ।
लामा ८ सय २ मत प्राप्त गर्दै मेलुङ ३ को वडाध्यक्षमा विजयी भएका हुन् । उनी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । लामाका प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार केशव कार्कीले १ सय ७३ र कांग्रेसका दीर्घलाल लामाले १ सय २२ मत मात्रै पाएका छन् ।
यो सँगै मेलुङ गाउँपालिकामा ३ वटा वडाको मत परिणाम आउँदा एमालेले दुई वटा वडा र एकीकृत समाजवादीले एउटा वडामा जित हाँसिल गरेका छन् ।