जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकामा वडामा लगातार नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।
गौरीशंकरको वडा नम्बर १ देखि ३ सम्मको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा माओवादीले जित हात पारेको हो । जसअनुसार वडा नम्बर १ मा प्रकाश खड्का, वडा नम्बर २ मा रोहित खड्का र वडा नम्बर ३ मा युग बहादुर बस्नेतले जितेका छन् । उनीहरु एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी, पालिका अध्यक्ष र उपाध्यक्षमा पनि गौरीशंकरमा गठबन्धनकै उम्मेदवारले अग्रता कायम राखेका छन् ।
माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका विश्वास कार्की ३ वटा वडाको मत गणना सकिँदा सम्म पनि लगातार अग्रस्थान कायम गर्न सफल भएका हुन् । उपाध्यक्षमा पनि गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका श्याम सुन्दर तामाङनै अघि देखिएका छन् ।