दोलखा । दोलखाका ७४ वटा वडामध्ये हालसम्म २७ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्र अग्रस्थानमा रहेको छ ।
माओवादीले ९ वटा वडामा जित हात पार्दै अग्रस्थानमा रहेको हो भने नेकपा एमालेले ८ वटा र नेपाली कांग्रेसले तीन वटा वडामा जित हात पारेको हो । मतपरिणाम अनुसार नेकपा एकिकृत समाजवादीले २ वटा वडामा जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । जसअनुसार नेकपा माओवादी केन्द्रले गौरीशंकर गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा लगातार जितेको छ । यस्तै जिरी नगरपालिका वडा नम्बर २ र ३ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् भने कालिञ्चोक गाउँपालिका वडा नम्बर २ र ३ मा माओवादीले जित हात पारेको छ । यसैगरी बैतेश्वर गाउँपालिका वडा नम्बर ७ र विगु गाउँपालिका वडा नम्बर २ मा पनि माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । यो समाचार तयार पार्दासम्म प्राप्त नतिजा अनुसार माओवादी वडामा पहिलो स्थानमा देखिएको हो ।
दोलखाका ७४ वटा वडामध्ये हालसम्म २७ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्र अग्रस्थानमा रहेको छ ।माओवादीले ९ वटा वडामा जित हात पार्लै अग्रस्थानमा रहेको हो भने नेकपा एमालेले ८ वटा र नेपाली कँंग्रेसले तीन वटा वडामा जित हात पारेको हो । मतपरिणाम अनुसार नेकपा एकिकृत समाजवादीले २ वटा वडामा जितेको छ भने वडामा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार अघि देखिएका छन् भने एमाले तीन वटा पालिकामा अघि छ । भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, विगु, शैलुङ, गौरीशंकर र तामाकोशीमा गठबन्धनका उम्मेदवार अघि देखिएका हुन् ।
यस्तै नेकपा एमालेले मेलुङ गाउँपालिका वडा नम्बर १, र ३, तामाकोशी गाउापालिका वडा नम्बर १, बैतेश्वरको वडा नम्बर ८, जिरी नगरपालिकाको वडा नम्बर ४, भीमेश्वरको वडा नम्बर २ र शैलुङ गाउँपालिका वडा नम्बर २ मा जित हात पारेको छ । हालसम्म प्राप्त नतिजा अनुसार एमाले दोस्रो स्थानमा देखिएको छ । वडातर्फ तेस्रो स्थानमा देखिएको नेपाली कांग्रसेले जिरी नगरपालिका वडा नम्बर १, जिरी नगरपालिका वडा नम्बर ५, विगु गाउँपालिका वडा नम्बर १, भीमेश्वर नगरपालिका वडा नम्बर १, शैलुङको ३ नम्बर वडा, तामाकोशी ३ नम्बर वडा र वैतेशवरको ६ नम्बर वडामा जित हात पारेको छ ।
चौंथो स्थानमा आएको नेकपा एकिकृत समाजवादीले हालसम्म मेलुङ गाउँपालिका वडा नम्बर २ र जिरी नगरपालिका वडा नम्बर ६ मा जितेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाका सबै पालिकामा मतगणना भइरहेको छ । हालसम्म प्राप्त नतिजा अनुसार गठबन्धनका साझा उम्मेदवारले अग्रता कायमै राखेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार अघि देखिएका छन् भने एमाले तीन वटा पालिकामा अघि छ । भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, विगु, शैलुङ, गौरीशंकर र तामाकोशीमा गठबन्धनका उम्मेदवार अघि देखिएका हुन् ।