images
images

बैतेश्वरमा माओवादीको दुई वडामा जित

  • २ जेष्ठ २०७९, सोमबार १६:०४

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले २ वटा वडामा जित हात पारेको छ ।

बैतेश्वरमा माओवादीले वडा नम्बर ५ र ७ मा गरी दुई वटा वडामा जित निकालेको हो । भर्खरै सार्वजनिक नतिजा अनुसार वडा नम्बर ५ को अध्यक्षमा माओवादीका भूवन घिमिरे विजयी भएका छन् । उनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै जित हाँसिल गरेका हुन् । यसअघि हिजो वडा नम्बर ७ को अध्यक्षमा माओवादीकै मिनकुमार शिवाकोटी विजयी भएका थिए ।

हालसम्म ४ वटा वडाको नतिजा आउँदा माओवादीले २ र कांग्रेस तथा एमालेले एक/एक वडामा जितेका छन् । एमालेले वडा नम्बर ८ मा जित निकाल्दा कांग्रेस वडा नम्बर ६ मा विजयी भएको हो ।