images
images

गौरीशंकरको अध्यक्षमा गठबन्धनका उम्मेदवार कार्की दोब्बर मतले अगाडि

  • २ जेष्ठ २०७९, सोमबार १६:१५

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार कार्की दोब्बर मतले अगाडि रहेका छन् ।

हालसम्म प्राप्त परिणामअनुसार गौरीशंकर गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वास कार्की एमालेका उम्मेदवार भन्दा १ हजार ३३ मतान्तरले अग्र स्थानमा रहेका हुन् । कार्कीले १ हजार ९ सय ६८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जंगबहादुर गुरुङले ९ सय ३५ मत ल्याएका छन् । उनी कार्की भन्दा दोब्बर बढी मतले पछि रहेका छन् । यस्तै, उपाध्यक्षतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङ १ हजार ५ सय ९९ मतसहित अग्र स्थानमा छन् भने एमालेकी उम्मेदवार मुना शिवाकोटी केसीले १ हजार २२ मतसहित तामाङलाई पछ्याइरहेकी छिन् । उपाध्यक्षमा गठबन्धन दल ५ सय ७७ मतसहित अगाडि छ । हामिले समाचार तयार पर्दासम्म गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ सम्मको मतपरिणाम सार्वजनिक भइसकेको छ । ती सबै वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ । हाल वडा नम्बर ४ को मतगणना भइरहेको छ ।