images
images

गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

  • २ जेष्ठ २०७९, सोमबार १८:२४

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

एमालेका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा कांग्रेसका काजी बहादुर खड्का (दिनेश) र उपाध्यक्षमा उषादेवी कार्की विजयी भएका हुन् । एमालेले यसअघि एक कार्यकाल निर्वाचित भएर काम गरिसकेका खड्ग सुनुवारलाई अध्यक्षमा र उपाध्यक्षमा राधिका श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । तर, यो पटकको निर्वाचनमा दुवै जना पराजित भएका छन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो । गत निर्वाचनमा जितेकै आधारमा एमालेले सुनुवार र श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको थियो ।

यस्तै, ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा चार वटा वडामा कांग्रेस र दुई वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।