
काठमाडौं । भुटानी शरणार्थीको प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएको छ ।
वैशाख ३१ मा पक्राउ गरेर अनुसन्धान थालिएकोमा उनको बयान सकिएको हो । हिजो म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अन्य आरोपीको बयान सकिएको छ । शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।