images
images

बागमती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगियो, मन्त्रिपरिषदलाई पुर्णता दिने तयारी

  • २ जेष्ठ २०८०, मंगलवार १६:४४

हेटौंडा । बागमती प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंगिएको छ ।

नेकपा एमाले र राप्रपाले छाडेका ७ वटा मन्त्रालयमा कांग्रेस र नेकपा एकिकृत समाजवादीबीच भागबन्डा मिलेको हो । यसअघि आ–आफ्नै दावीका कारण सरकारलाई पुर्णता दिन नसकेको बागमती प्रदेश सरकारले अब भने पुर्णता पाउनेछ । प्रदेशको ६ वटा मन्त्रालयमा दावि गरेको कांग्रेसले ५ वटा मन्त्रालय लिएर जाने र नेकपा एकिकृत समाजवादीले दुई वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।

केन्द्र सरकारको निर्देशन अनुसार प्रदेश सरकारमा भागबन्डा टुंग्याइएको नेताहरुले बताएका छन् । हाल बागमती प्रदेशका ५ वटा मन्त्रालय रिक्त छन् ।