images
images

मुकेश कायस्थलाई सरकारले गर्‍यो सहिद घोषणा

  • २ जेष्ठ २०८०, मंगलवार १८:१९

काठमाडौं । सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय घोषणा गरेको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेपलाञ्चोकका कायस्थ लामो समय अचेत अवस्थामा थिए । गत बैशाख २८ गते उनको निधन भएपछि सरकारले राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो। गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो।