images
images

रामेछापका पूर्वसभासद् आङटावा शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

  • २ जेष्ठ २०८०, मंगलवार १८:३९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ ।

भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ । आफ्नो संलग्नताबारे प्रहरीले अनुसन्धान थालेपछि शेर्पाले हिजो साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए । शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिनुभयो ।

२०७० सालमा रामेछाप १ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेसन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीलाई आङटावाले हिरासतमा पुगेर भेटेको आरोप लागेको छ । दुलाल र भण्डारी २०७९ साल चैत १२ गतेदेखि हिरासतमा छन् ।