images
images

आज रित बहादुर स्मृति दिवस, पेरिसडाँडामा विशेष कार्यक्रम गरी मनाईँदै

  • २ असार २०७९, बिहीबार ०८:४५

दोलखा । जनयुद्धका कुशल कमाण्डर एबम् लोकप्रिय नेता रितवहादुर खड्का ‘प्रताप’ को २० औँ स्मृति दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

नेकपा माओवादी केन्द्रले जनयुद्धका कुशल कमाण्डर एबम् लोकप्रिय नेता रितवहादुर खड्का ‘प्रताप’ को २० औँ स्मृति दिवसको अवसरमा स्मृतिसभाको आयोजना गरेको छ । सहिद रितवहादुरको २० औं स्मृति दिवसको अवसरमा आज पेरिसडाँडामा कार्यक्रम राखिएको हो । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनका लागि जनयुद्धमा होमिएका लोकप्रिय नेता रितवहादुरको स्मृति दिवसमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ । उनको स्मृति दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताहरु सहभागी भएका छन् । खड्का माओवादीका नेताद्धय देवी खड्का र विशाल खड्काका दाजु हुन् ।

कलिलो उमेरमा जनयुद्धमा होमिएका स्वर्गिय नेता रितवहादुर तत्कालिन बिद्रोही नेकपा माओवादीका केन्द्रिय सदस्य थिए । जनयुद्धमा नेकपाको पूर्वी कमाण्डको नेतृत्व गरेका रितवहादुर बिद्रोही नेकपा भित्रका प्रतिभावान र आशा लाग्दा नेता थिए । साहित्य लेखनमा उनलाई ‘चम्किलो तारा’ उपनामले चिनिन्थ्यो । २०२८ साल भदौ १० गते दोलखाको जुँगूमा जन्मिएका खड्काको २०५९ साल असार २ गते ३१ बर्षको उमेरमा हत्या भएको थियो । तत्कालिन बिद्रोही नेकपा माओवादीका केन्द्रिय सदस्य रहेका खड्काको पार्टि केन्द्रिय समितिको बैठक सकेर फर्किने क्रममा रौतहटको पिपरामा सँयुक्त सुरक्षा फोर्सले गोली प्रहार गरी हत्या गरेको थियो ।