दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाकी १९ वर्षिया एक युवतीले आफ्नै प्रेमिको कर्तव्य गरि हत्या गरेको खुलासा भएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुँका २४ वर्षिय यानबहादुर बस्नेतको आफ्नै प्रेमिकाले कर्तव्य गरि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । बस्नेत दुई वर्षअघिदेखि नाताले मामा भान्जि पर्ने झ्याँकुकै एक युवतिसँग प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेम सम्बन्धलाई युवती र बस्नेतदुवै तर्फका परिवारले स्विकार गरेका थिएनन् । उनीहरुको प्रेम सम्बन्धका विषयमा बाहिर हल्ला समेत चलेपछि बस्नेत गत जेठ १० गते साँझ प्रेमिकालाई लिन उनको घरमा पुगेका थिए । प्रेमिका र मृतक बस्नेतको घर करिव आधा घण्टाको दुरीमा रहेको छ । उनी प्रेमिकाको घरमा साँझ करिव ६ बजे पुगेका थिए । उनले आफ्नी प्रेमिकालाई परिवारको तर्फबाट विवाह गर्नबाट रोक्ने भएपछि भागौं भन्ने प्रस्ताव लिएर उनको घरमा पुगेका थिए ।
बस्नेत र उनकी प्रेमिका बीच साँझ ६ बजेदेखि ९ बजेसम्म कुराकानीका क्रममा विवाद भएको प्रहरी अनुसन्धानले देखाएको छ । बस्नेतले भागौं भनेर गरेको प्रस्ताव युवतीले अस्विकार गरेपछि दुई जनावीच ३ देखि ४ घण्टासम्म युवतीकै कोठामा विवाद भएको थियो । विवादका क्रममा बस्नेतले आफुसँग विवाहगरि भाग्न जवरजस्ती गरेपछि युवतीले घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो । मादक पदार्थ सेवनगरि आफ्नी प्रेमिकाको घरमा पुगेका उनको घाँटी थिचेर हत्या भइसकेपछि शव व्यवस्थापन गर्न युवतीले आफ्नै परिवारका सदस्यलाई गुहारेको अनुषन्धानले देखाएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकाकी १९ वर्षिया एक युवतीले आफ्नै प्रेमिको कर्तव्य गरि हत्या गरेको खुलासा भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुँका २४ वर्षिय यानबहादुर बस्नेतको आफ्नै प्रेमिकाले कर्तव्य गरि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतक बस्नेतको प्रेमिका सहित उनका बुवाआमा, बहिनी, भाई र दुई जना दाजुहरु र छिमेकी एक जना गरी ७ जनालाई नियन्त्रणमा लिएर आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनामा संलग्न प्रेमिका १९ वर्षकी छिन् भने उनकी बहिनी र भाई क्रमश १५ र १७ वर्षका छन् ।
युवतीको घरमा बुवाआमा, बहिनी, भाई र दुई जना दाजुहरु र हजुर आमा पनि थिइन् । मृतक बस्नेत र युवतीबीचको झगडलाई नजिकबाट नियाली रहेका उनका परिवारका सदस्यहरुले बस्नेतको मृत्यु भइसकेपछि घटना बाहिर नआउने गरी शव व्यवस्थापन गर्न भुमिका निर्वाह गरेको पाइएको प्रहरीले जनाएको छ । विवादका क्रममा घाँटि थिचिरहँदा बस्नेतको मृत्यु भयो र मृत्युपछि उनले आत्महत्या गरेका हुन् भन्ने पुष्टि गर्न युवतीका परिवारका सदस्यहरुले घरदेखि करिव ७० मिटर पर सर्सेपु आधारभुत विद्यालयको जंगलमा लगेर शवलाई झुन्ड्याएको अनुसन्धानबाट खुलेको छ । युवती सहित उनका परिवारका सदस्य मिलेर बस्नेतले आत्महत्या गरेको पुष्टिगर्न बस्नेतको घाँटीमा डोरी बाँधेर घाँटीको अगाडि पट्टीको भागबाट तानेर घिसारदै जङ्गलसम्म लगेका थिए । जङ्गलमा लगेपनि डोरीलाई ढुंगाले हानेर काटेको र आधा भाग डोरी काफलको रुखमा लगेर झुन्ड्याइ दिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतक बस्नेतको प्रेमिका सहित उनका बुवाआमा, बहिनी, भाई र दुई जना दाजुहरु र छिमेकी एक जना गरी ७ जनालाई नियन्त्रणमा लिएर आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनामा संलग्न प्रेमिका १९ वर्षकी छिन् भने उनकी बहिनी र भाई क्रमश १५ र १७ वर्षका छन् । प्रहरीले आज पत्रकार सम्मेलन गरि घटनामा संलग्न भएकाहरुको विषयमा जानकारी गराएपनि नाम सार्वजनिक गरेको छैन । मृतक बस्नेत झ्याँकुको मानेडाँडा माविमा लेखापालको रुपमा कार्यरत थिए भने उनकी प्रेमिका सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । ति युवतीले गत स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा समेत भर्ना भएर काम गरेकी थिइन् ।
घटनामा संलग्नभएको आरोपमा पक्राउ परेकी युवतीले सुरुमा बस्नेत आफ्नो घरको दलानमा आएर झुन्डिएर मरेको र पछि आफु सहित परिवारका सदस्य मिलेर शव व्यवस्थापन गरेको बयान दिएपनि पछिल्लो बयानमा आफैँले घाँटि थिचेर हत्या गरेको स्विकार गरेकी छिन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एकै परिवारका ६ सहित ७ जना अहिले प्रहरी हिरासतमा रहेका छन् । कर्तव्य ज्यान सम्बन्धी मुद्धामा अनुसन्धान पूरा भएकाले अदालत पेश गर्ने तयारी भइरहेको डिएसपी पौडेलले बताउनुभयो ।



दुर्गा बस्नेत 






