काठमाण्डौ । नेपालमा पनि मंकिपक्सको बिरामी फेला परेका छन् ।
अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि भेटिएको हो । दुबईबाट नेपाल आएका एक जना नेपालीमा मंकिपक्सको लक्षण देखिएको हो । हाल उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।
भर्ना भएर उपचाररत ती व्यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ ।










