
सिन्धुली । सिन्धुलीमा जुडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
मरिण गाउँपालिका–२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगाली जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । उनी शुक्रबार जडिबुटी खोज्न भनी जंगलतिर गएकोमा अबेरसम्म घर नफर्किएपछि स्थानीय र आफन्तले खोजीकार्य गर्ने क्रममा दंगाली मृत्त अवस्थामा फेला परेका थिए । करिब १ सय ५० मिटर तल मुंग्रेशिर भीर खोचमा उनी मृत्त अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सो स्थानमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको सिन्धुली प्रहरीले जनाएको छ ।