images
images

दोलखा र पेरिसडाँडामा मनाईयो सहिद रितबहादुरको २२ औँ स्मृति दिवस

  • २ असार २०८१, आईतवार १४:५४

दोलखा । जनयुद्धका कुशल कमाण्डर एबम् लोकप्रिय नेता रितवहादुर खड्का ‘प्रताप’ को २२ औँ स्मृति दिवस मनाईएको छ ।

नेकपा माओवादी केन्द्रले केन्द्रिय कार्यालय पेरिसडाँडा र दोलखामा विशेष कार्यक्रमको आयोजना गरी २२ औँ स्मृती दिवस मनाएको हो । पेरिसडाँडामा आयोजित स्मृती दिवसमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले स्वर्गिय खड्काको तस्विरमा माल्यार्पण गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रका शीर्षस्थ नेता तथा कार्यकर्ताले पनि खड्काको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए । सो कार्यक्रममा  नेताहरुले खड्काले राजनीतिक परिवर्तनमा पु¥याएको अतुलनीय योगदानको बिषयमा चर्चा गरेका थिए । स्मृतीसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देवी खड्काको पनि सहभागीता रहेको थियो ।

यस्तै, दोलखाको सिंगटीमा पनि प्रताप स्मृति सभाको आयोजना गरिएको छ । सिंगटीमा बृक्षारोपण गरी प्रताप स्मृति दिवस मनाईएको हो । जनयुद्धकालमा दोलखाबाट सहादत प्राप्त गरेका सहिदको नाममा १०१ ओटा वर, पिपल, स्वामी लगायतका बोटबिरुवा रोपेर स्मृति दिवस मनाईएको नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ । स्मृती सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् जिल्ला ईन्चार्ज विशाल खड्का, माओवादी केन्द्रका केन्द्रिय सदस्य बलराम थापा, अनेरास्ववियु क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष पन्चा सिंह, माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रितबहादुरकी आमा मनमाया खड्का लगायत परिवारजनको उपस्थिती रहेको थियो ।

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनका लागि जनयुद्धमा होमिएका लोकप्रिय नेता रितवहादुरको स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ । खड्का माओवादीका नेताद्धय देवी खड्का र विशाल खड्काका दाजु हुन् । कलिलो उमेरमा जनयुद्धमा होमिएका स्वर्गिय नेता रितवहादुर तत्कालिन बिद्रोही नेकपा माओवादीका केन्द्रिय सदस्य थिए । जनयुद्धमा नेकपाको पूर्वी कमाण्डको नेतृत्व गरेका रितवहादुर बिद्रोही नेकपा भित्रका प्रतिभावान र आशा लाग्दा नेता थिए ।

साहित्य लेखनमा उनलाई ‘चम्किलो तारा’ उपनामले चिनिन्थ्यो । २०२८ साल भदौ १० गते दोलखाको जुँगूमा जन्मिएका खड्काको २०५९ साल असार २ गते ३१ बर्षको उमेरमा हत्या भएको थियो । तत्कालिन बिद्रोही नेकपा माओवादीका केन्द्रिय सदस्य रहेका खड्काको पार्टि केन्द्रिय समितिको बैठक सकेर फर्किने क्रममा रौतहटको पिपरामा सँयुक्त सुरक्षा फोर्सले गोली प्रहार गरी हत्या गरेको थियो ।