images
images

पशुपति प्रसाद–२ चलचित्र निर्माता र निर्देशकको विवाद, सुदर्शन विरुद्ध डेढ करोड ठगी मुद्धा

  • २ असार २०८१, आईतवार १८:१६

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध डेढ करोड ठगी आरोपमा मुद्धा दर्ता भएको छ ।

थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएकोमा सरकारी वकिलले सोही प्रतिवेदनका आधारमा आज अदालतमा मुद्दा दर्ता गरेको हो । सो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ । २१ जेठमा प्रहरी वृत्त मालीगाउँले पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको निर्देशक थापालाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

उनीहरु तीन जनाविरुद्ध पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । पशुपति प्रसाद–२ चलचित्र निर्माण गर्दा थापा निर्देशक र श्रेष्ठ सम्पादक थिए ।