
काठमाडौँ । आईसिसि टि–ट्वान्टी विश्वकप खेलिरहेका नेपाली क्रिकेट खेलाडीले जनही १३ लाख नगद पुरस्कार पाएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १३ लाख प्रदान गरेको हो । टि–ट्वान्टी विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीका १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई गरि नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा खेलाडीहरुलाई जनही १३ लाख र मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही, टिम व्यवस्थापक सुमनराज कार्कीलाई तथा फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार नगद पुरस्कार प्रदान गरिएको घोषणा गरिएको हो । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसहित १९ औँ एशियाली खेलकुदमा रजत विजेता, काँस्य पदक विजेता राष्ट्रिय महिला कबडडी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेतालाई पनि पुरस्कारसहित सम्मान गरिएको छ । नेपाली टोली विश्वकपमा छनौट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टिमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले आज बधाई तथा सम्मान कार्यक्रम गर्दै नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १३ लाख प्रदान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले पुरस्कार घोषणा गरिरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोली भने अमेरिका र वेष्ट ईण्डिजमा जारी विश्वकपमा बंगलादेशसँगको खेलको तयारीमा छ ।
युवा तथा खेलकुद मन्त्रालयले पुरस्कार घोषणा गरिरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोली भने अमेरिका र वेष्ट ईण्डिजमा जारी विश्वकपमा बंगलादेशसँगको खेलको तयारीमा छ । नेपालले विश्वकप अन्र्तगत आफ्नो चौथो खेलमा पुरानो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । किङसटाउनस्थित आर्नाेस भेल स्टेडियममा हुने नेपाल र बंगलादेशबीचको खेल भोली बिहान ५ः १५ बाट सुरु हुनेछ । उपाधी होडबाट बाहिरिसकेको नेपाल बंगलादेशसँग पुरानो चोटको बदलालिँदै विश्वकपमा राम्रो छाप छाड्ने लक्ष्यका साथ मैदान उत्रँदैछ । तर, सुपर ८ को दौडमा रहेको बंगलादेशलाई भने नेपालसँगको खेल निकै महत्वपुर्ण हुनेछ ।
हालसम्म विश्वकपको सुपर ८ चरणमा पुग्ने सातवटा टोलीको टुंगो लागिसकेको छ । बाँकी एक टोलीको नाम टुंगिन बाँकी छ । त्यसका लागि समुह डी मा रहेका बंगलादेश र नेदरल्यान्डस सुपर ८ मा पुग्ने अन्तिम टोली बन्ने दौडमा छन् । नेदरल्याण्डले पनि आफ्नो अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । ती दुई टिमबीचको खेल पनि भोली बिहान नै हुनेछ ।