images
images

मेलुङमा ट्याक्टर दुर्घटनामा च्यापिएका युवकको चार घण्टापछि सकुशल उद्धार

  • २ असार २०८१, आईतवार २२:३४

मेलुङ (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा च्यापिएका एक पुरुषको चार घण्टापछि सकुशल उद्धार गरिएको छ ।

मेलुङ गाउँपालिका–६ निकासीमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा च्यापिएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ का उमेश थामीको सकुशल उद्धार गरिएको हो । दुर्घटनामा बाँया हात च्यापिएको उनको ४ घण्टापछि उद्धार गरि मन्थली अस्पताल पठाईएको मेलुङ–६ का वडाध्यक्ष कुशुम लामाले जानकारी दिनुभयो । थामी ट्याक्टर चालक थिए । खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको ट्याक्टर साहु स्थानीय रामबहादुर खत्रीले जानकारी दिनुभयो । अवस्था खतरामुक्त रहेका थामीको वडाध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय प्रहरी सहितको सक्रियतामा उद्धार भएको उहाँले बताउनुभयो ।