images
images

जिरीका दुई वस्ती पहिरोको उच्च जोखिममा, राहत सामाग्री वितरण गर्दै रेडक्रश

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीको दुई बस्ती पहिरोको उच्च जोखिममा परेको छ । जिरी नगरपालिका वडा नम्बर ६ मानेडाँडा (पुरानो हाँटडाडा बजार) र वडा नम्बर ३ मालीस्थित खरायोवनको बस्ती नै पहिरोको उच्च जोखिममा परेको हो ।

असार २९ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण मालीको तल्लो खरायोवन र माथिल्लो खरायोवनका २० घर पहिरोको जोखिममा परेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णुबहादुर बस्नेतले जानकारी दिनुभयो । केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण जिरी नगरपालिकाको विभिन्न स्थानमा बाढी तथा पहिरो गएको छ । वर्षाका कारण जिरीको मानेडाँडा (पुरानो हाटडाँडा) बजार, घुन्सा, रेञ्चे, कुथामे, तारेभिर, सिक्री लगायतका स्थानमा तिन दर्जन भन्दा बढी घर परिवार विस्थापित भएका छन् । तल्लो खरायोवनको दाहाल टोलका १२ घर र माथिल्लो खरायोवनको कार्की टोलका ८ घर जोखिममा परेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । रामभक्त दाहाल, बाबुराम दाहाल, कृष्णभक्त दाहाल, पुण्डरीराज दाहाल, लिलाराज दाहाल, विष्णु कार्की र रामकाजी कार्की लगायतका घर जोखिममा परेका छन् । प्रहरी निरिक्षक बस्नेतका अनुसार विस्थापित परिवार अहिले कोही आफन्तोमा र छिमेकीकोमा शरण लिएर बसेका छन् भने केहिलाई सुरक्षित स्थानमा सारिएको छ ।

वर्षाका कारण जिरीको मानेडाँडा (पुरानो हाटडाँडा) बजार, घुन्सा, रेञ्चे, कुथामे, तारेभिर, सिक्री लगायतका स्थानमा तिन दर्जन भन्दा बढी घर परिवार विस्थापित भएका छन् । तल्लो खरायोवनको दाहाल टोलका १२ घर र माथिल्लो खरायोवनको कार्की टोलका ८ घर जोखिममा परेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । अविरल वर्षाका कारण पहिरोले रेन्जेको दुई वटा घरको भन्सा घर समेत पुरिएको छ । 

पहिरोले आकाशद्धिप सहकारीको कार्यालयदेखि पुरानो हाँटडाँडा क्षेत्रसम्मका घरहरु उच्च जोखिममा परेका छन् । पहिरो गएको स्थानमा नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी (खड्का) सहितको टोलीले अनुगमन गरी तत्कालका लागि त्रिपाल वितरण गरेको छ । अविरल वर्षाका कारण बस्ती नै जोखिममा परेपछि आज जिरी नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बस्दैछ ।

नेपाल रेडक्रश शोसाईटी जिरी शाखाले जिरीका पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । जिरी नगरपालिका वडा नम्बर ६ स्थित रेन्जेमा दुई वटा घर बढी जोखिममा भएकाले सो घरपरिवारलाई पाल र भुडाकुँडा वितरण गरिएको रेडक्रस सोसाइटी जिरी उपशाखाका प्रमुख एवम् जिरी–५ का वडाध्यक्ष नरबहादुर जिरेलले जानकारी दिनुभयो । पहिरोका कारण विस्थापित भएका घरपरिवारलाई नेपाली सेनाको जिरीस्थित गुल्मवाट खटिएको सैनिक टोली र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ । अनुसार अविरल वर्षाका कारण पहिरोले रेन्जेको दुई वटा घरको भन्सा घर समेत पुरिएको छ ।  मानेडाँडा क्षेत्रका पहिरो प्रभावितलाई पनि राहत वितरण गर्ने तयारी गरिएको वडाध्यक्ष जिरेलले बताउनुभयो ।