images
images

२६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

  • १ श्रावण २०८१, मंगलवार १६:०३

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० दशमलव १८ अंकले बढेको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७० दशमलव १८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो । २६ महिनापछि सेयर बजारले २३ सय अंक नाघेको छ । सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

कुल २३४ कम्पनीको मुल्य बढ्दा ८ वटाको घटेको छ । आज हाईड्रोपावर समुह सबैभन्दा धेरै ५.४५ प्रतिशतले बढेको छ । जसअनुसार सिंगटी हाईड्रोपावर सहित ९ कम्पनीको मुल्य १० प्रतिशतले बढेको हो ।