images
images

नेसपा र नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिन्ह दिने माओवादीको निर्णय

  • ३१ श्रावण २०७९, मंगलवार ११:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी नेसपा र नेकपा एकता राष्ट्रिय अभियानलाई निर्वाचन चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्रार्ई र वामदेव गौतम दुवै जनालाई संघीय निर्वाचन निर्वाचन चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो । भट्राईलाई पार्टीको निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ । तर वामदेवको हकमा निर्वाचन चिन्ह दिएपनि कहाँबाट लड्ने भन्नेबारे गठबन्धनमा छलmल गरेर निश्कर्षमा पुग्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।