भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ ।
मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ स्थायी घर भएका ६५ वर्षीय उत्तम कोइराला रहेको खुलेको हो । उनको सनाखत भएको पुष्टि गर्दै भक्तपुर परिसरका डीएसपी राजन कार्कीले शवलाई अहिले पोष्मार्टमको लागि त्रिवि शिक्षण अस्पतामा राखिएको बताउनुभयो । काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई हिजो ना ६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि कोइरालालाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।