काठमाडौँ । सरकारले बागमती प्रदेशका तीन सहित एकैपटक ५९ जना सहसचिवहरुको सरुवा गरेको छ ।
मन्त्रिपरिषदको हिजो बसेको बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी हुमकला पाण्डेको उद्योग वाणिज्य तथा आपुर्ति विभागमा सरुवा भएको छ । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनीको अर्थमन्त्रालयमा र प्रदेश लोकसेवा आयोगकी नीता पोखरेलको निर्वाचन आयोगमा सरुवा गरिएको छ ।
सरकारले महावाणिज्य दुत बनाउने तयारीसहित ४ उपसचिवलाई परराष्ट्र मन्त्रालयमा पु¥याएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्धय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्रमा पुगेका हुन् ।