images
images

डेंगुबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित, ९ हजार बढी संक्रमित

  • ३१ भाद्र २०७९, शुक्रबार ११:३२

हेटौंडा । डेंगु संक्रमणबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ९ हजार नाघेको हो । प्रदेशमा १३ वटै जिल्लामा फैलिएको डेंगुबाट ९ हजार ९ सय ७१ जना संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याकं अनुसार ७५ जिल्लाका १३ हजार ७ जना डेंगु संक्रमण देखिएकोमा बागमती प्रदेशमा मात्रै ९ हजार ९ सय ७१ जनामा संक्रमण देखिएको हो । डेंगुबाट उपत्यकासँगै तराईका पनि जिल्ला बढी संक्रमित भएका छन् । संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म हुम्ला र मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा डेंगु फैलिएको महाशाखाले जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ५ सय १०, सुदुपश्चिम प्रदेशमा ४ सय ४ जना , प्रदेश १ मा ४ हजार १७ जना , गण्डकी प्रदेशमा दुई ९१, मधेश प्रदेशमा २ सय २६ र कर्णाली प्रदेशमा १ सय ८८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।