images
images

फेला परे दोलखाबाट हराएका पुरातात्विक सम्पदा

  • ३१ भाद्र २०७९, शुक्रबार १२:२४

काठमाडौँ । दोलखाबाट हराएका सम्पदा बेलायत र अमेरिकामा फेला परेका छन् ।

जिल्लाका दुई निजि संग्रहकर्तासँग रहेका सोह्रौं शताब्दीको सृजना मानिने दुई पुरातात्विक सम्पदा बेलायत र अमेरिकामा फेला परेका हुन् । दोलखाको कोरछेंस्थित श्रेष्ठ परिवारसँग रहेको तामाको सुनौलो ‘बज्रधारा’ अन्तराष्ट्रिय आर्ट डिलर रोस्सी एन्ड रोस्सीसँग रहेको पाइएको छ । यो डिलरले बेलायत र हङकङमा दुई स्थानमा कला संग्रह गर्ने गरेकोमा ‘बज्रधारा’ भने सम्भवत लण्डनमा राखिएको प्रारिम्भिक प्रमाण लस्ट आर्टुस् अफ नेपालले पाएको छ । यो सम्पदा ९० को दशकमा चोरी भएको सम्पदाको ओरिजिनल स्वरुपमा भने केही संशोधन गर्दै रोस्सी एन्ड रोस्सी डिलरले ‘बज्रधारा’ को शिताज (क्राउन) फेरिएको देखिएको छ भने अरु रंगरोगन थपिएको देखिएको हराएका वा चोरिएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तिमा अभियान बनेको ‘लस्ट आर्टस् अफ नेपाल’ ले जनाएको छ ।

यसैगरी दोलखाकै नकछेंस्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मास्क (मुकुन्डो) अमेरिकाको न्योर्कस्थित रुबिन म्युजियम फ आर्टमा फेला परेको छ । सन् १९९० को आरम्भमै भैरव मास्क हराएकोबारे सुचना बाहिर आएपनि यसको अवस्थाबारे कुनै जानकारी थिएन ।