images
images

आगामी निर्वाचनका लागि बागमती प्रदेशमा ४ हजार १ सय ४३ मतदान केन्द्र निर्धारण

  • ३१ भाद्र २०७९, शुक्रबार १७:०८

काठमाडौँ । आगामी निर्वाचनका लागि बागमती प्रदेशमा ४ हजार बढी मतदान केन्द्र निर्धारण गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ४ हजार १ सय ४३ मतदान केन्द्र निर्धारण गरिएको हो । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेशअनुसार सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन भने सबै भन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार २ सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, बागमतीमा ४ हजार १ सय ४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४ सय ३, सुदूरपश्चिम प्रदेशमा २ हजार १ सय ४६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ३९ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८ सय ९१ मतदानस्थलमा २२ हजार २ सय २६ मतदान केन्द्र तोकेको छ ।