दोलखा । दोलखामा डेंगु संक्रमितको संख्या १३ पुगेको छ ।
पछिल्लो पटक जिरी नगरपालिका एक पुरुषमा डेंगु पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १३ पुगेको हो । केहीदिनदेखि ज्वरो आएपछि स्वास्थ्य परिक्षणका लागि जिरी अस्पतालमा पुगेका जिरी नगरपालिका वडा नम्बर ८ का २५ वर्षिय युवकमा डेंगु पुष्टि भएको हो । यसअघि पनि भदौं २५ गते जिरी नगरपालिका ५ जना र तामाकोशी गाउँपालिकाका १ जनामा डेंगु संक्रमण देखिएको थियो । दोलखामा भदौ १६ गतेदेखि हालसम्म अवधिमा संक्रमितको संख्या १३ पुगेको हो । संक्रमित सबैजना घरमै रहेका छन् ।










