images
images

जनउपकार साकोसको कुल पुँजी ३६ करोड ८६ लाख नाघ्यो

  • ३१ भाद्र २०७९, शुक्रबार २०:०६

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुगुस्थित जनउपकार बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी ३६ करोड ८६ लाख नाघेको छ ।

हालसम्म संस्थाको कुल पुँजी ३६ करोड ८६ लाख ६५ हजार ५ सय २९ रुपैयाँ पुगेको हो । जनउपकार साकोसले २३ औं वार्षिक साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ सम्म जगेडा कोषमा १ करोड ४३ लाख ९९ हजार १ सय ९३ रुपैयाँ रहेको जानकारी गराएको हो । यस्तै साकोसको शेयर पुँजी २ करोड ९० लाख ३९ हजार रहेको जनउपकार साकोसका व्यवस्थापक चुणामणि घिमिरेले जानकारी दिनुभयो । साकोसले गत आर्थिक वर्ष २०७८/७९ मा २८ करोड १८ लाख ९९ हजार ६ सय ९४ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको बचत ३० करोड २१ लाख ४८ हजार १९ रुपैयाँ रहेको छ भने गत वर्ष ३ करोड ४५ लाख ७९ हजार २० रुपैयाँ वित्तिय खर्च भएको साकोसले जनाएको छ ।

जनउपकार साकोसमा ६ हजार २ सय ७० जना सदस्य रहेका छन् भने २ हजार २ सय जना बालबचतकर्ता रहेका छन् । साकोसको सुरी सेवा केन्द्रबाट आजदेखि २३ औं वार्षिक साधारण सभा सुरु भएको हो । सुरीमा आज आयोजित साधारणसभामा सकोसका सञ्चालक समितीका सचिव टिकाबहादुर खत्रीले संस्थाको आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने व्यवस्थापक चुणामणि घिमिरेले संस्थाको गतिविधिसँगै कुल ३६ करोड ८६ लाख ६५ हजार ५ सय २९ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । यस्तै लेखा समितीका संयोजक दिलबहादुर केसीले लेखा समितीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जनउपकार साकोसले सदस्यहरुलाई ८ प्रतिशत शेयर बोनश बाड्ने निर्णय समेत गरेको छ । साधारणसभामा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, वडा नम्बर ५ वडाध्यक्ष सुन्दर खड्का, जनउपकार साकोसका उपाध्यक्ष बद्रीबहादुर बुढाथोकी, सुरी उपकेन्द्रका सदस्य ईश्वर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।