images
images

संसद बैठक सुचारु, माओवादीले अवरोध हटायो

  • ३१ भाद्र २०८१, सोमबार १४:१२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाएको छ ।

माओवादी आफ्नो अडानबाट पछि हटेसँगै आजबाट संसदको अवरोध हटेको हो । बैठकको सुरुमा माओवादी सांसदहरुले उठेर सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दै माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए ।

संसदमा बोल्दै सांसद बस्नेतले आफ्नो पार्टीले संसद सञ्चालनमा सहयोग गर्ने उद्देश्यले अवरोध हटाउने निर्णय गरेको जानकारी गराउनुभएको हो । माओवादीले यसअघि आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद चल्न दिने जानकारी गराईसकेको थियो । आफुहरु हिंसा शब्द हटाउनुपर्ने पक्षमा भएपनि प्रधानमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा बाधा नगर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

माओवादीले संसद खुलाएपछि अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको जारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।