काठमाडौँ । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको नाम सिफारिस भएको छ ।
संवैधानिक परिषदको आज बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।