सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफीकी एक महिलाको मदिरा सेवनपछि भएको विवादका कारण हत्या भएको खुलेको छ ।
जिल्लाको बलेफी गाउँपालिका–१ मेलडाँडाकी ५७ वर्षीया धनमाया श्रेष्ठको मदिरा सेवनपछि भएको विवादका कारण हत्या भएको पाईएको हो । हत्यामा संलग्न एक पुरुष पक्राउ परेसँगै उनको हत्याको कारण खुलेको हो । श्रेष्ठको हत्याको आरोपमा गुल्मी घर भई हाल सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १ स्थित तल्लो बलेफी हाईड्रोपावरमा मजदुरको रुपमा कार्यरत ३७ वर्षीय रनबहादुर गाहा पक्राउ परेका छन् ।
शंकास्पद रहेको भन्दै पक्राउ परेका गाहामाथि अनुसन्धानका क्रममा उनले नै महिलाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायव उपरिक्षक (डिएसपी) निरन्जन भट्राईले जानकारी दिनुभयो । सोधपुछका क्रममा गाहाले मदिरा सेवनका क्रममा विवाद भएको र लखेटदै जाँदा ब्रम्हायणी खोलाको डिलमा पुगेपछि त्यहीँबाट खोलामा घचेटीदिएको बताएको डिएसपी भट्राईले बताउनुभयो ।
प्रहरीले धनमायाको चुँडिएको पोते पछ्याउँदै जाँदा घटनास्थल पत्ता लगाएको थियो । शंकास्पद देखिएको भन्दै प्रहरीले तल्लो बलेफी हाईड्रोपावरमा मजदुरको रुपमा कार्यरत गाहालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । उनी २०६१ सालमा नेपाल आर्मीमा भर्ना भएपनि करिव साँढे २ वर्षपछि फरार भएका थिए ।
प्रहरीले धनमायाको चुँडिएको पोते पछ्याउँदै जाँदा घटनास्थल पत्ता लगाएको थियो । खोलामा खसेकी ती महिलाको सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित सुनकोशी नदीमा तैरीरहेको अवस्थामा शव फेला परेको थियो । महिलाको २६ गते नै शव फेला परेपनि हिजो मात्रै परिवारबाट सनाखत भएको हो ।
भदौ २६ गते महिला वेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय जलविरेमा उजुरी आएपछि खोजतलास गर्ने क्रममा भोलीपल्ट प्रहरीले शंकास्पद देखिएको भन्दै तल्लो बलेफी हाईड्रोपावरमा मजदुरको रुपमा कार्यरत गाहालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा गाहाले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनी २०६१ सालमा नेपाल आर्मीमा भर्ना भएपनि करिव साँढे २ वर्षपछि फरार भएका थिए । पक्राउ परेका गाहाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान जारी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।