images
images

शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन

  • ३० आश्विन २०७९, आईतवार ०७:४७

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज १ सय ३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज ७ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकुलता देखिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अस्पताल स्रोतका अनुसार शुक्रवारदेखि स्वास्थ्य अवस्था जटिल देखिएका उनको आज निधन भएको हो । जोशी विगत लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पिडित थिए भने उनलाई पछिल्लो समय डेंगु संक्रमण भएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निशुल्क स्वास्थय सेवा प्रदान गर्दै आएको छ ।

पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका संस्कृतिविद जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलो पटक र तीनपटकसम्म पाउने एक मात्रै व्यक्तित्व हुन् । जीवितै अवस्थामा हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक हुन् ।