images
images

नेकपा माओवादी केन्द्रले पठायो निर्वाचन लक्षित तीन बुँदे सर्कुलर

  • ३० आश्विन २०७९, आईतवार १४:५१

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन लक्षित तीन बुँदे विशेष सर्कुलर जारी गरेको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर माओवादीले मातहतका कमिटीमा तीन बुँदे सर्कुलर पठाएको हो । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पठाएको सर्कुलरमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरुले आपसि सहकार्यलाई प्रभावकारी बनाउन भनिएको छ । यस्तै दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वको बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि अध्यक्ष प्रचण्डले सर्कुलर मार्फत निर्देशन दिनुभएको छ ।

सर्कुलरमा गठबन्धका निर्वाचनसँग सम्बन्धीत सबै कार्यक्रमहरुमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुबै पार्टीका प्रतिनिधित्व हुनेगरी एकरुपतामा सहभागी हुन भनिएको छ । माओवादीले पाँच दलिय गठबन्धनको गत असोज २७ गतेको निर्णय अनुसार अघि बढ्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।