images
images

सरकारले देशभर प्याराग्लाइडिङ उडानमा रोक लगायो

  • ३० आश्विन २०७९, आईतवार १६:४७

काठमाडौं । सरकारले देशभर प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

नेपाल नागरिक उड्यान प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर सबै प्रकारका प्याराग्लाइडिङ उडानमा रोक लगाएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायीक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । आजमात्रै पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएको छ । योसँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । अब प्याराग्लाइडिङ उडानको सुरक्षा, ऐन नियम र प्राव्धानबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सरकारको यो निर्णयसँगै देशभर तत्कालका लागि सबै प्याराग्लाइडिङ उडान बन्द हुनेछ । प्याराग्लाइडिङ विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ ।

यसैबीच, खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुलको प्याराग्लाइडिङ स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिस्चितकालका लागि स्थगित गरिएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो । सारङकोटबाट उडे लगत्तै सय मिटरमाथिबाट खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।