images
images

दोलखामा चुनावी सरगर्मी, उम्मेदवार मत माग्दै गाऊँमा, काठमाडौंमा दिनहुँ भेला

जिरी (दोलखा) । निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखामा चुनावी सरगर्मी बढेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरुले एकै पटक चुनावी अभियान अघि बढाएका हुन् । दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो पक्षमा जित सुनिश्चित गर्न आफ्ना प्रतिवद्धता तथा एजेण्डाहरुको प्रचार–प्रसारलाई तीब्रता दिएका छन् । दोलखामा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । जिल्लामा प्रदेशका लागि दुई निर्वाचन क्षेत्र रहेपनि प्रतिनिधिसभातर्फ भने एक मात्रै निर्वाचन क्षेत्र छ । निर्वाचनको लागि अब एक महिना मात्रै बाँकी रहँदा यतिखेर राजनीतिक दलहरु आफ्ना उम्मेदवारलाई जिताउनका लागि चुनावी अभियानमा काठमाडौं र जिल्लास्थित जनताका घरदैलोमा पुगेका छन् । राजनीतिक दल र दलका उम्मेदवारले छलफल, गोष्ठी लगायतका कार्यक्रमहरुलाई तीब्रता दिएका छन् ।

जिल्लामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा एकीकृत समाजवादी मिलेर बनेको बाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
दोलखामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की (विश्व)ले चुनाव लड्दैछन् । प्रदेशसभा सदस्यमा दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्यतर्फ गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले र प्रदेश ‘ख’ बाट कांग्रेस दोलखाका सभापति बर्मा लामा चुनावी मैदानमा छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरुले एकै पटक चुनावी अभियान अघि बढाएका हुन् । दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो पक्षमा जित सुनिश्चित गर्न आफ्ना प्रतिवद्धता तथा एजेण्डाहरुको प्रचार–प्रसारलाई तीब्रता दिएका छन् । निर्वाचनको लागि अब एक महिना मात्रै बाँकी रहँदा यतिखेर राजनीतिक दलहरु आफ्ना उम्मेदवारलाई जिताउनका लागि चुनावी अभियानमा काठमाडौं र जिल्लास्थित जनताका घरदैलोमा पुगेका छन् । दोलखामा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटी र प्रदेश ‘क’ मा नरबहादुर श्रेष्ठ तथा प्रदेश ‘ख’ बाट भरत केसीले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । चुनावी प्रतिस्पर्धामा राजनीतिक दल तथा उम्मेदवारहरुले अहिले पार्टीका कार्यक्रम, भेटघाट तथा सामाजिक सञ्जालको माध्यम मार्फत एजेण्डा र प्रचार जनतासामु पु¥याइरहेका छन् । नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि जिल्लामा केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्कालाई चुनावी कमाण्डर बनाएर अभियानलाई अघि बढाएको छ । कमाण्डर तोकिएलगत्तै खड्काले काठमाण्डौंमा गठबन्धन दलसँग चुनावी छलफल गरी आफ्नो टिम सहित जिल्लाको अभियानमा केन्द्रित भएका छन् । हिजो नेकपा माओवादी केन्द्र बैतेश्वर गाउँकमिटीले पनि १ सय १ निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

स्वतन्त्र सहित जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि ५२ जनाको उम्मेदवारी परेपनि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर बनेको गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धन दल एमालेलाई पछि पार्दै जित हात पार्ने दाउमा लागेका छन् भने एमाले गठबन्धनसँग एक्लै भिडेर जित्ने दावीका साथ निर्वाचन अभियानमा होमिएको छ ।

यस्तै, नेपाली कांग्रेस प्रदेश ‘क’ का उम्मेदवार काफ्लेले पछिल्लो केहीदिन यता घरदैलो अभियानलाई तीब्रता दिँदै आएका छन् भने प्रदेश ‘ख’का उम्मेदवार बर्मा लामा काठमाण्डौंमा आफ्ना क्षेत्रका नेता, कार्यकर्तासँगको भेटघाट र छलफलमा व्यस्त छन् । लामाले आफ्नो निर्वाचन क्षेत्र शैलुङ, विगु र कालिञ्चोक गाउँपालिका क्षेत्रका काठमाण्डौंमा रहने नेता कार्यकतासँग भेटवार्ता र छलफल गरिसकेका छन् ।

नेकपा एमालेले पनि निर्वाचनको तयारीका क्रममा अगुवा नेताकार्यकर्ताको भेला, भेटघाट र छलफललाई तीब्रता दिएको छ । चुनावी अभियानकै क्रममा नेकपा एमालेको दोलखा–काठमाडौं सम्पर्क मञ्चको बिस्तारित बैठक पनि बसेको छ । बैठकपछि नेकपा एमालेले १ हजार १ सदस्यीय चुनावी परिचालन कमिटी गठन गरेको छ । हाल जिल्लामा अगुवा कार्यकर्ता भेला तथा उम्मेदवार भेटघाट कार्यक्रम भइरहेको छ । हिजो मेलुङ गाउँपालिका ४ स्थित बुद्ध चोकमा भेलाको आयोजना गरिएको थियो । स्वतन्त्र सहित जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि ५२ जनाको उम्मेदवारी परेपनि विशेषगरी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर बनेको गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।

गठबन्धन दल एमालेलाई पछि पार्दै जित हात पार्ने दाउमा लागेका छन् भने एमाले गठबन्धनसँग एक्लै भिडेर जित्ने दावीका साथ निर्वाचन अभियानमा होमिएको छ ।