सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफिमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको सडक सुचारु भएको छ ।
बलेफि गाउँपालिकास्थित खाडीचौरमा काठमाडौंबाट बाह्रविसेतर्फ आउँदै गरेको बा ३ ख ५५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट स्थानीय माईली तमाङको शनिवार मृत्यु भएको थियो । त्यसपछि स्थानीयले हिजो दिउँसो १२ बजेदेखि साँझसम्म अरनिको लोकमार्ग अवरुद्ध पारेका थिए । हिजो साँझ पीडीत पक्षसँग सहमति भएपछि अवरुद्ध सडक सुचारु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरिक्षक देवेन्द्रराज जोशीले जानकारी दिनुभयो । सडक खुलेपछि हिजो साँझबाटै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।










