images
images

दशैं लगत्तै ह्वातै बढ्यो देशभर डेंगु संक्रमण, काठमाडौंमा बढी संक्रमित

  • ३० आश्विन २०८१, बुधबार १०:३८

काठमाडौं । चाडपर्व सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिएको छ ।

हाल देशभर संक्रमितको संख्या १९ हजार पाँच सय ९९ पुगेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु संक्रमित ह्वातै बढेको देखिएको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाको मृत्यु भइसकेको तथ्यांक छ । डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लामा फैलिएको महाशाखाले जनाएको छ ।

डेंगु सङ्क्रमण सबैभन्दा बढि काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । दशैं लगत्तै अस्पताल आउने बिरामीको चाप बढेको सङ्क्रामक रोग विशेषज्ञ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताउनुभयो ।

गत वर्षको पुस मसान्तसम्म देशभर करिब ५२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो ।