images
images

दोलखा प्रहरीले यसरी मनायो ६९ औं प्रहरी दिवस

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले ६९ औं प्रहरी दिवस मनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी दोलखा प्रहरीले प्रहरी दिवस मनाएको हो । प्रहरी दिवसलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध अनुषन्धानमा प्रहरी संगठनलाई थप सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले शान्ति सुरक्षा, अपराध अनुषन्धान र बिपद्का घटनामा समेत प्रहरीको भूमिका उच्च रहेको बताउनुभयो । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले असल अभ्यासहरुलाई निरन्तरता दिँदै, भएका त्रुटीलाई सच्याएर निर्दिष्ट जिम्मेवारी पुरा गर्न र कानूनको परिपालना तथा कार्यान्वयन गर्न प्रहरी संगठन प्रतिवद्ध रहेको बताउनुभयो ।

मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले पालिका तहसम्म स्थापना भएका प्रहरीका युनिटहरुसँग स्थानीय सरकारले आवस्यक साझेदारी र सहयोग गर्ने गरेको उल्लेख गर्दैै सामाजमा अपराधका नयाँ शैली देखिएको भन्दै समयानुकूल प्रहरी संगठन पनि अपडेट हुनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौंलागाई, पूर्व प्रहरी संगठन जिल्ला समिति दोलखाका अध्यक्ष रामशरण केसी लगायतले दोलखा प्रहरीले पछिल्लो समय अपराध अनुषन्धानमा प्राप्त गरेको सफलता र बाढी–पहिरोमा सक्रियताका साथ गरिएको खोज तथा उद्धार कार्यक्रको प्रशंसा गरेका थिए ।

प्रहरी दिवस समारोहमा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठसहित स्थानीय सरकारका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवँ प्रतिनिधिहरुको उपस्थिती थियो । कार्यक्रममा अवकाश प्राप्त पूर्व प्रहरीका जेष्ठ सदस्यहरु, बिरगती प्राप्त गरेका प्रहरीका परिवारजन, बिभिन्न सामाजिक संघ÷संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ ।

तस्वीरमा प्रहरी दिवसः