images
images

भोली मध्यरातिसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइने

  • ३० कार्तिक २०७९, बुधबार ०७:३६

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनितिक दलले भोली मध्यरातसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पुरा नभएसम्म कुनै उम्मेदवार र राजनितिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले निर्वाचन प्रचार कात्तिक १७ गतेदेखि सुरु गरेका थिए । निर्वाचन आयोगले विहिबार मध्यरातपछिको विशेष समयका रुपमा व्याख्या गरेको छ । यो अवधिमा राजनितिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ संगठनले निर्वाचन प्रचारप्रसार लगायत कुनैपनि प्रकारका छलफल अन्तरक्रिया, सभासम्मेलन,कार्यशाला गोष्ठि गर्न पाउने छैनन ।

यसैबीच, निर्वाचन सुरक्षालाई लक्षित गरी भोली मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । भोलीराति १२ बजेदेखि मंसिर ४ गते बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समन्वय गरिरहेको हो । निर्वाचनको बेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह गरिसकिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।