images
images

तामाकोशी गाउँपालिकामा उपाध्यक्ष चड्ने गाडी र डिजिटल बोर्ड तोडफोड

  • ३० कार्तिक २०७९, बुधबार ०८:०७

जिरी (दोलखा) । दोलखाको तामाकोशी गाउँपालिकाका उपाध्यक्ष चड्ने गाडी र गाउँपालिकामा रहेको डिजिटल बोर्ड तोडफोड भएको छ ।

आम निर्वाचनका लागि केही दिन मात्रै बाँकी रहँदा गाउँपालिकाको डिजिटल बोर्ड र उपाध्यक्ष श्रृजना खड्का सुवेदी चढ्ने गाडी तोडफोड भएको हो । पालिकामा पार्किङ गरी राखिएको उपाध्य सुवेदी चढ्ने प्रदेश ३–०१००२ झ ४९२६ नम्बरको स्कारपियो गाडीको सिसा र कार्यालयलयसँगै जोडिएको डिजिटल बोर्डमा तोडफोड भएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले गएराती पालिका परिसरमा तोडफोड भएको बताउनुभयो । यद्धपी, कसले र किन तोडफोड गरेको भन्नेबारे केही खुलेको छैन ।

घटनाको विषयमा अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।