images
images

रामेछापका दुई युवक अवैध लागु औषध सहित पक्राउ

  • ३० कार्तिक २०७९, बुधबार १३:२२

काठमाडौं । रामेछापका दुई युवक अवैध लागु औषध सहित पक्राउ परेका छन् ।

रामेछापको खाँडादेवि गाउँपालिका वडा नम्बर १ का २८ वर्षिय कमल विक र दोरम्बा गाउँपालिका वडा नम्बर ८ का १९ वर्षिय विशाल घतानीलाई प्रहरीले अवैध लागु औषध सहित पक्राउ गरेको हो । उनीहरुलाई भक्तपुरको चागुनारायण नगरपालिका वडा नम्बर ६ तेलकोटबाट एक किलो गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरी टोलीले नगरकोटबाट खरिपार्टीतर्फ जाँदै गरेको बा ३ ख ६३१६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा एक किलो गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका विक गाडी चालक हुन् भने घतानी गाडीमा सवार यात्रु हुन् । पक्राउ परेकाहरुमाथि थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।