images
images

निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालय दोलखाको अत्यावश्यक बाहेकका सेवा बन्द हुने

  • ३० कार्तिक २०७९, बुधबार १७:५६

जिरी (दोलखा) । जिल्ला प्रशासन कार्यालय दोलखाले भालीदेखि निर्वाचन अवधिभर अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने भएको छ ।

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारीहरु खटिएकाले मंसिर १ र २ गते अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दोलखाले आज सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर ४ र ५ गते भने सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । तर, जिल्ला प्रशासनका कर्मचारी निर्वाचनमा खटिएकाले भोलीदेखि नै अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित हुने प्रशासनको सुचनामा उल्लेख छ ।

मंसिर ४ र ५ गते भने सरकारले दिएको सार्वजनिक बिदा अनुसारनै कार्यालय बन्द हुनेछ । मतदानस्थल रहेका शिक्षण संस्थाहरू पनि मंसिर २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।