images
images

शान्तिपूर्ण निर्वाचन गराउन दोलखामा समन्वय संयन्त्र गठन

  • ३० कार्तिक २०७९, बुधबार १८:३९

जिरी (दोलखा) । दोलखामा शान्तिपूर्ण ढङगले निर्वाचन सम्पन्न गराउनका लागि समन्वय संयन्त्र गठन गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा समन्वय संयन्त्र गठन गर्ने निर्णय भएको हो । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सो निर्णय गरेको हो । समन्वय संयन्त्रमा प्रमुख जिल्ला अधिकारी, उम्मेदवारी दिने सबै राजनीतिक दल/उम्मेदवारका एक/एक जना प्रतिनिधि, सबै सुरक्षा निकायका प्रमुखहरु, आचारसंहिता अनुगमन अधिकृत, नेपाल पत्रकार महासंघका अध्यक्ष र जिल्ला निर्वाचन अधिकारी सदस्य रहनेछन् ।

दोलखामा निर्वाचनको बेला अशान्ति र बुथ कब्जाको घटना हुँदै आएको छ । गत स्थानीय तह निर्वाचनमा पनि जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन सकेन ।

आज दोलखामा भएको सर्वपक्षीय बैठकको निर्णय